|

लण्डन : बेलायती महारानीको पछिल्लो फोटो सार्वजनिक भएपछि उनले ट्राफिक नियम तोडेको भन्दै सर्वसाधारणले प्रहरीमा उजूरी गरेका छन्। सार्वजनिक फाेटाेमा महारानी एलिजावेथ सिट बेल्ट नबाँधी आफ्नो गाडीको पछाडीपट्टीको सिटमा बसेकी छिन्। 

इङल्यान्डको वेस्ट योर्कसिर प्रहरीलाई महारानीले सिल्ट बेल्ट नलगाएको विषयमा इमर्जेन्सी नम्बर ९९९ मार्फत गुनासो प्राप्त भएको छ। ‘९९९ मा महारानीले सिट बेल्ट नबाँधेको कल आएको छ,’ घटनाकाे पुष्टि गर्दै वेस्ट योर्कसिर प्रहरीले ट्वीटरमा लेखेको छ। 

 

प्रहरीमा खबर गर्ने ती सर्वसाधारणले महारानीको सुरक्षाको विषयमा चिन्ता प्रकट गरेका हुन् वा महारानीमाथि जरिवाना गर्नका लागि आग्रह गरेका हुन् भन्ने विषय प्रहरीेले केही खुलाएको छैन। बेलायतको कानूनअनुसार महारानी विरुद्धको सामाजिक वा आपराधिक मुद्दामा कुनै सुनुवाई हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.