|

इलाम : नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद कुलबहादुर गुुरुङले दोस्रो चरणको निर्वाचनपछि नेपाली कांग्रेस पहिलो स्थानमा आउने दाबी गरेका छन्। नेपाली कांग्रेसले प्रजातन्त्र स्थापनादेखि गणतन्त्रसम्मको यात्रामा नेतृत्व गरेका कारण कांग्रेसको विकल्प नभएको बताए। 

हरेक परिवर्तनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेससँग देश चलाउने अनुभव समेत भएको उनले बताए। इलाम नगरपालिका चुनाव प्रसारप्रचार समितिले आयोजना गरेको आमसभामा उनले कांग्रेसलाई भोट दिन आग्रह गरे। 

कार्यक्रममा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले अन्य पार्टीले भ्रम सिर्जना गर्दै मतदाताहरुलाई झुक्याइरहेको आरोप लगाए।  कार्यक्रममा केन्द्रीय सदस्य तथा सांसद् सुजता परियार, नगेन्द्र कुमाल, निर्वाचन परिचालन समितिका राम घिमिरे, तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, महामन्त्री सरोज थापा लगायतका नेताहरुले कांग्रेसलाई भोट दिन आग्रह गरे। 

इलाम नगरपालिकाका प्रमुख पदका उम्मेदवार हिमालय कर्मचार्यले इलाम नगरपालिकामा कांग्रेसको विकल्प नरहेको बताए। उनले यसअघिको निर्वाचनमा अन्य दलले जितेका कारण यो नगरपालिका कार्यकर्ता भर्ती केन्द्र बनेको आरोप लगाए। कर्मचारीलाई खुवाउने तलब नै सापटी लिनुपर्ने अवस्था भएको अहिलेको अवस्था सुधारका लागि कांग्रेसलाई भोट दिनुको विकल्प नभएको उनको भनाइ छ। उपप्रमुख पदकी उम्मेदवार चन्दा कार्कीले कांग्रेसको जित सुनिश्चित भएको दाबी गरिन्। 

कार्यक्रमअघि इलाम नगरपालिकाका १२ वटै वडाबाट ठूलो संख्यामा आएका कार्यकर्ताको ¥यालीले इलाम बजार परिक्रमा गरेको थियो। विभिन्न जातजातीको झाँकी, पञ्चेबाजासहित ठुलो टुँडिखेलबाट सुरु भएको र्‍‍याली  इलामको धोबिधारा, मालापथ परिक्रमा गर्दै चोक बजारमा आएर कोण सभामा परिणत भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.