|
पूर्व प्रधानमन्त्री खनाल इलाममा भएका चुनावीसभामा व्यस्त छन्।

इलाम : चुनावको मौन अवधी नजिकिएसँगै इलाममा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी सभाको होडबाजी चलेको छ। भोली इलाम नगरपालिकामा हुने चुनावी सभामा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवाचन्द्र नेम्वाङ र पूर्वमन्त्री रघुवीर महासेठ लगायतका केन्दीय नेताले सम्बोधन गर्ने  एमालेले जानकारी  दिएको छ। 

एमालेका पूर्व अध्यक्ष खनाल गत संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। उनी झन्डै एक साताभन्दा लामो समयदेखि इलाममा आयोजना भएका विभिन्न चुनावी सभामा सहभागी छन्। 

संसदीय दलका उपनेता नेम्वाङ संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। उनी अहिले जिल्ला दौडाहामा छन्। 

कांग्रेसले पनि चुनावी अभियान तिव्र पारेको छ। शनिबार कुलबहादुर गुरुङले इलाम नगरपालिकामा भएको कार्यक्रममा सम्बोधन गरे।

यसअघि स्वास्थ्यमन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले विभिन्न स्थानीय तहमा भएका चुनावी सभामा सम्बोधन गरेका थिए। पूर्वमन्त्री रामशरण महत पनि जिल्लामा भएका चुनावी सभामा सहभागिता जनाउन आएका थिए। संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट विजयी भएका सांसद् केशव थापा पनि जिल्लाका विभिन्न स्थानीय तहमा भएका कार्यक्रममा सक्रियतापूर्वक सहभागी भइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.