|

जनकपुरधाम : अज्ञात व्यक्तिको गोली प्रहारबाट धनुषामा  गम्भीर घाइते भएका प्रधानाध्यापक घाइते भएका नरेन्द्र कुमार शर्मालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। जनकपुर उपमहानगरपालिका-७ का ५० वर्षका शर्मालाई इतबार बिहान साढे ६ बजे आफ्नो घरबाट धनुषाको

लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय  मावि विद्यालय जाँदै गरेको बेला लक्ष्मीनिया चोकबाट पश्चिमतर्फ बाटोमा मोटरसाइकलमा हतियारसहित आएका दुईजनाले गोली प्रहार गरी भागेका थिए। प्रअ शर्माको गालामा गोली लागेको छ। उनको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।यसैबीच घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक आचार्यले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.