पहिलोपटक भोट हाल्ने मतदाताको उत्साह

|

उदयपुर : उदयपुरको कटारी नगरपालिका ११ की १९ वर्षे सुजता कटुवाल सदरमुकाम गाईघाटमा अध्यनको लागि तीन वर्षदेखि डेरामा बस्दै आएकी छन्। उनले नागरिता बनाउँदै फोटो सहितको मतदाता नामावली पनि बनाएकी हुन्। असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पहिलो पटक भोट हाल्ने पक्का भएको छ।

‘०७० सालमा भएको संविधानभाको निर्वाचनमा नामावली र नागरिता पनि थिएन’ उनले भिन्न, ‘भोट लगाउन पाइन्, पहिलो भोट क्याम्पसको स्विवियु निर्वाचनमा लगाएको थिए, अरु भोट सुनेको र देखेको थिए लगाएको थिइन।’ उनी पहिलो पटक उत्सुक्तापूर्वक भोट लगाउन कटारी ११ जाँदै छिन्। ‘हाम्रो होइन राम्रोलाई दिने सोचमा छु,’ बिहान त्रियुगा बसपार्कबाट कटारी हिँडेकी कटुवालले भनिन्, ‘मेरा साथीरुलाई पनि यही गर्न लगाउने विचारमा छु।’

यसरी पहिलो पटक भोट हाल्न मतदान केन्द्रतर्फ हिँडेका धेरै नयाँ मतदाताको अठोट पार्टीका उम्मेदवारभन्दा पनि सामाजिक छवि बनाएका उम्मेदवारमा केन्द्रित भएको बताउँछन्। जसले भविष्यको ग्यारेन्टी गर्दछ उसैलाई एक मतभन्दै आजबाट मतदात केन्द्र तर्फ जानेको भीड बढेको छ। गाँउबाट सहर पसेर अध्यान, व्यवसाय तथा विभिन्न प्रकारका रोजीरोटी गर्नेहरु अहिले मतदान केन्द्रतर्फ हिड्न थालेका छन्।

यसरी हिँड्नेमा नयाँ मतदातामा बढी जिज्ञासा र अठोट छ। ‘हाम्रोलाई होइन, राम्रोलाई रोज्ने। ०४६ साल ०७४ सालसम्म आउँदा विभिन्न राजनीतीक उत्तार चढाव व्यहोरेका सर्वसाधरण समाजसेवी उम्मेदवारको खोजी छन।

२०५४ सालयता निरन्तर प्रत्येक पाँच वर्षमा स्थानीय निकायको निर्वाचन भइदिएको भए नयाँ मतदातामा यसरी उत्साहा कमै हुने थियो होला। आफ्नो मताधिकार प्रयोग सबैले सममै प्रयोग गर्दै आउने थिए। ‘१८ वर्ष पुगेपछि नै मताधिकार उपयोग गर्न पाउनु पर्ने हो,’ कटारीका स्थानीय शिक्षक नारायण अधिकारीले भने, ‘तर निर्वाचन हुन नसक्दा २६ वर्षपछि मात्र मत हाल्ने अवसर आएको छ, उत्साहपुर्वक मत खसाल्ने देखिन्छ,’

कटुवाल जस्तै पहिलोपल्ट मताधिकार प्रयोगकै लागि १७ महिने बसाई छोट्याएर कतारबाट घर फर्किएका कटारी ३ रामबहादुर कार्की पनि छन। स्थानीय निकायको नियमित निर्वाचन नहुँदा उनले पनि हालसम्म कुनै पनि मताधिकार प्रयोग गर्न पाएन। उमेरले ३० वर्ष पुगेका उनी २०५४ सालको स्थानीय निकायको निर्वाचन मताधिकार प्रयोग गर्ने उमेरै पुगेन।

देशमा द्वन्द भएको कारण बैदेशिक रोजगारीको लागि कतार बसाईमा हुँदा ०६४ र ०७० सलमा भएको संविधानसभाको निर्वाचनमा पनि भोट हालन पाएन। नियमित निर्वाचन भएको भए कार्कीले २०५९ देखि नै भोट खसाल्न पाउँथे। तर, अशान्ती र अस्थिरताका कारण नपाए पनि अहिले भाग्यमानी सम्झिरहेका छन्।

२०५४ सालमा जन्मिएका बच्चा अहिले मताधिकार प्रयोग गर्न आतुर देखिन्छन। ‘नियमित निर्वाचन भइदिएको भए यो पल्टसम्म दुईपटक भोट हालिसकेका हुन्थेँ,’ माओवादी केन्द्रका तर्फबाट कटारी ११ मा वडा अध्यक्षका उम्मेदवार बनेका दिपक बुढाथोकीले भने, ‘आफै उम्मेद्वार बनेर स्थानीय निर्वाचनमा पहिलोपल्ट आफ्नो मताधिकार प्रयोग गर्न लागेको छु, अनि भोट पनि मागिरहेको छु।’

राजनीतिक अस्थिरता, अशान्ति, देशको नेतृत्व सम्हाल्ने नेताको कमजोरी लगायतका कारण उमेर पुगेको लामो समयसम्म मताधिकार प्रयोग गर्नबाट बञ्चित हुनु परेको युवाको गुनासो छ। नियमित निर्वाचन नहुँदाको सबैभन्दा ठूलो मारमा युवापंक्ती परेको एमालेका युवा नेता तथा उदयपुर जिल्ला सचिव प्रमेश घिमिरेले बताए।  

‘मुलुकमा राजनैतिक अस्थिरता भयो, संक्रमणकालीन अवस्थामा फस्यो, परिणामस्वरुप लामो समयसम्म निर्वाचन हुन सकेन,’ उनले भने, ‘जनप्रतिनिधि नहुँदा भ्रष्टाचार र अनियमितता बढेको छ। मुलुकमा बिकास नहुँदा युवाले बेरोजगारीको समस्या झेलीरहनु परेको छ।’ यसैको अन्त्य गर्नको लागि पनि अहिलेको निर्वाचन मुख्य रुपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.