|

विराटनगर : नेकपा एमालेका नेता माधवकुमार नेपालले चार दलबीच स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन हुने सहमति भएको बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग बोल्दै नेता नेपालले शीर्ष तीन दल र राष्ट्रिय जनता पार्टीबीच स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमति भएको बताएका हुन्। उनले स्थानीय तहको तीनै चरणको निर्वाचन पश्चात कांग्रेस, एमाले, माओवादी र राजपाबीच छलफल भएर संविधान संशोधन हुने जानकारी दिए ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचन राजपाको माग नभएको बताउँदै नेता नेपालले २ नम्बर प्रदेशमा कांग्रेसको खस्किदो अवस्था, माओवादी केन्द्रले गतिलो काम गर्न नसकेकोले जनताको बीचमा कुन मुख लिएर जाने भनेर चिन्तित बनेकाले निर्वाचन सारिएको आरोप लगाए।

उनले संविधान संशोधन बिना नै राजपा पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने दाबी समेत गरे। नेता नेपालले आफूलाई लोकतान्त्रिक पार्टी हो भन्दै प्रचार गर्ने राजपाले निर्वाचन जान्न भनेर अलोकतान्त्रिक चरित्र देखाउन नमिल्ने बताए। नेता नेपालले निर्वाचन आयोगले निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको समेत आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.