|

रुकुम : पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले जिल्ला कारागार रुकुममा रहेका कैदी बन्दीलाई १० हजार नगद सहयोग गरेका छन्। जिल्लामा आएको बेला कारगारमा रहेका कैदी बन्दीसग भेटघाट तथा फलफूल वितरण गर्न गएका मन्त्री श्रीपालीसंग बन्दीहरुले छानोबाट पानी चुहिने समस्या रहेको बताएपछि मर्मतका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन्।

भेटघाटका क्रममा कैदी बन्दीले कारागारमा खानेपानी, विद्युत र कारागारमा क्षमता अनुसार मात्र कैदी–बन्दी राख्ने व्यवस्थाको लागि पहल गरिदिन पूर्व मन्त्री श्रीपालीलाई अनुरोध गरेका थिए। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७७ पुरुष, ९ महिला र १ बालक गरी ८७ जना कैदीबन्दी रहेका छन्। पूर्व मन्त्री श्रीपालीसँगै कारागार पुगेका मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतमले कारागारमा तत्काल खानेपानीको व्यवस्था गर्ने आश्वासन दिएका छन्।

‘हामी त्यहाँ पुग्दा कैदी बन्दीहरुले खानेपानी सहितका अन्य समस्याहरु छन भनेर गुणासो गरेका छन, शुरुमा खानेपानी र त्यसपछि क्रमस अन्य समस्या पनि समाधान गर्दै जाने कुरामा उनीहरुलाई विश्वस्त बनाइएको छ’ नगर प्रमुख गौतमले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.