|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन्। स्थानीय निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनका लागि स्वीकृति प्रदान गरेकी हुन्।

स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्ले गएको असार ७ गते सरकारसमक्ष सिफारिस गरेको थियो। त्यस्तै मन्त्रिपरिषदको असार ८ गतेको बैठकले निर्णय गरेको थियो।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमनत्री शेरबहादुर देउवाले सुरक्षा परिषदको सिफारिस र मन्त्रिपरिषदको निर्णय सहित असार ८ गते सेना परिचालनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.