|

उदयपुरः ठूला राजनीतिक दलहरूले महिलालाई उपप्रमुखमा मात्र उम्म्दवार बनाएपछि उदयपुरमा स्वतन्त्रबाट पाँच महिला प्रमुख पदमा भिड्ने भएका छन्। 
असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पाँच महिला प्रमुख पद नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षको चुनावी मैदानमा उत्रेका हुन्।

जिल्लाका आठ स्थानीय तहमध्ये एक गाउँपालिका र चार नगरपालिकामा महिलाहरू प्रमुख पदमा उम्मेदवार बनेका हुन्।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी अर्जुन खड्काका अनुसार उदयपुरगढी गाउँपालिकामा स्वतन्त्रबाट जीतकुमारी मगरले अध्यक्षमा उम्मेदवारी दिएकी छन्। कटारी नगरपालिकामा राप्रपा नेपालबाट माला तामाङ र संघीय समाजवादी फोरम र नयाँ शक्तिबाट सुनिता सुनुवार प्रमुखका उम्मेदवार रहेका छन्।

यसैगरी त्रियुगा नगरपालिमा प्रमुखमा बहुजन शक्ति पार्टीबाट निर्मलाकुमारी नेपालीले उम्मेदवारी दिएकी छन् भने चौदण्डी नगरपालिकामा स्वतन्त्रबाट हीरामाया मगरले उम्मेदवारी दिएकी छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्य १२ जना महिला वडा अध्यक्षको उम्मेदवार बनेका छन्। सुनिता तामङ खम्बुवान राष्ट्रिय मोर्चा, नेपालबाट चौदण्डीगढी नपा– ४ मा वडा अध्यक्ष, ललिताकुमारी चौधरी नयाँ शक्ति पार्टी नेपालबाट चौदण्डीगढी नपा– ५ मा वडा अध्यक्ष, उर्मिला राई संघीय समाजवादी फोरम नेपालबाट चौदण्डीगढी नपा– ७ मा वडा अध्यक्ष, सोनावती चौधरी मधेसी जनअधिकार लोकतान्त्रिक फोरमबाट चौदण्डीगढी नपा– ७ मा वडा अध्यक्षका उम्मेदवार बनेका छन्।

यसरी नै पार्वती कार्की स्वतन्त्रबाट चौदण्डीगढी नपा– ८ मा वडा अध्यक्ष, विनु सुवेदी नेकपा एमालेबाट त्रियुगा नपा– १५ मा    वडा अध्यक्ष,  भगवती चौधरी मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट त्रियुगा नपा– १२ मा वडा अध्यक्ष, सरिता राई, संघीय समाजवादी फोरम नेपालबाट उदयपुरगढी गाउँपालिका– ५ मा वडा अध्यक्ष, कर्णमाया मगर एमालेबाट उदयपुरगढी– ७ मा वडा अध्यक्ष, मनीषादेवी चौधरी मजफोने लोकतान्त्रिकबाट त्रियुगा नपा– २ मा वडा अध्यक्ष, पवित्रा गिरी राप्रपाबाट त्रियुगा– ३ मा वडा अध्यक्ष, पार्वती बुढाथोकी राप्रपाबाट त्रियुगा नपा– ११ मा वडा अध्यक्षको उम्मेदवार बनेका छन्। 

वडामा पनि महिलालाई वडा प्रमुखको उम्मेदवार कमै मात्रामा बनाइएको छ। ठूला भनिएका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र उदयपुरले ‘उप’ जोडिएका पद उपप्रमुख र उपाध्यक्षमा मात्र सीमित राखेका कारण आफूहरूले स्वतन्त्रबाट उम्मेदवारी दिनुपरेको उनीहृरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.