|

इलामः निर्वाचनको मौन अवधिको पूर्व सन्ध्यामा आयोजना भएको नेकपा एमालेको चुनावीसभालाई संबोधन गर्न प्रमुख वक्ताको रूपमा पुगेका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन्।

खनाल सभालाई संबोधन गर्दै गर्दा बीचबीचमा रोकिँदै हाँस्थे। उनले सभालाई सकी नसकी संबोधन गरिरहेका थिए। संबोधनका क्रममा आवाज मधुरो हुँदै गएपछि केही समय रोकिँदै पुनः सभालाई संबोधन गर्थे। 

उनले बारम्बार ‘घाँटीमा समस्या छ’ भन्दै सभालाई संबोधन गरे। अन्तमा सभालाई संबोधन गर्न निकै असहज भएपछि ‘बाँकी रहेका सवै कुरा सुवासजीले भन्नुहुनेछ’ भन्दै संचालक नवराज शंकरलाई माइक्रोफोन हस्तान्तरण गर्दै बिदा लिए। 

खनाल इलाम आइपुगको दिनदेखि चुनावी प्रचारलाई तीव्र रूपमा बढाउँदै आएका थिए। पहिलो संविधानसभामा विजयी बनेपछि प्रधानमन्त्रीसमेत बनेका खनाललाई इलाम क्षेत्र नं.– १ मा विकास निर्माणका कार्यहरू जनताको अपेक्षाअनुरूप नगरेको भन्ने आरोपसमेत लाग्दै आएको थियो। तर, खनालले दोस्रो संविधानसभा चुनाव जितेरै आफूमाथिको आरोपको ‘खण्डन’ गर्न बारम्बार आफ्नो चुनाव क्षेत्रमा कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिन थालेका थिए। सोहीअनुरूप खनाल स्वास्थ्यको ख्यालसमेत नगरी चुनावी प्रचारमा होमिए। 

पहिलो र दोस्रो संविधानसभामा विजयी भएको इलाम क्षेत्र नं.– १ एमालेको पकड क्षेत्र मानिन्छ। आफ्नो विरासत जोगाउनका लागि पनि खनालले चुनावीसभालाई विशेष महत्त्व दिएर प्रचारमा लागेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यी कथित नेता हुँ भनेर ईलामे जनतालाई वधुवा मजदुरको रूपमा काम गर्दै आए ? ९३% ॐ कार परिवार भएको मुलुकमा सुभाष नेम्वांगले डलर खाएर घर्मनिरपेक्ष लेखे । उन्का सहयोगी को को हुन् जवाफ दिनुपर्छ नेम्वांगले ? माओवादीको एजेन्डामा निऊरमुन्टी भएर नेपाल र नेपालको पहिचान पृथ्वी जयन्ती काट्ने र जीजस क्राईष्टको जन्मदिन विदा दिने पनि नेम्वांगको कार्यकालमै भएको हो ! तिमीहरू सभ्यता संस्कृति पोलीखाने ! भाषा घर्म पोलीखाने पातकीलाई तिम्रा हली गोठालाले , वघुवा मजदुरले , झोले कुन्डलेले ! मत देला !नास्तिक पाखन्डी कपुतलाई मत दिनु भनेको टट्टी खानु सरहहो ? ढुक्क हुनुहोस तिमीहरूको गला पक्कै वस्छ ?? ॐ नम शिवाय: