|

उदयपुर : उपचार अभावमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का ४४ वर्षीय हरि राईको मृत्यु भएको छ। आइतबार राति सडकमा हिँड्दाहिँड्दै राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

‘सोमबार बिहान गाईघाटको सब्जीबजार क्षेत्रमा मृत फेला परेका हुन्’, त्रियुगा नगर प्रहरी कार्यालयका सई बुद्धिमान चुङमाले भने, ‘परिवारमा बुझ्दा उनी दीर्घरोगी रहेछन्।’ ‘

मृतकका भाई केशर राईका अनुसार उनी साविकको आँपटार गाविसबाट बसाइँ सरी त्रिनपा–१२ रहेको सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। ‘दाइलाई उपचार गर्न विभिन्न अस्पताल पुग्यौं’, भाई केशरले भने, ‘उपचार खर्च जुटाउन नसक्दा दाइले घरै छाडेर हिँड्ने गर्नु भएको थियो। आज सडकमै ज्यान गयो।’

परिवारका अनुसार राई छाती र घाँटीको समस्याबाट पीडित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.