|

दाङ : गृहमन्त्री जनार्दन शर्माले तीन तहको सुरक्षा घेरा बनाइएकाले ढुक्क भएर मतदान गर्न नागरिकलाई आग्रह गरेका छन्। तुलसीपुरमा सोमबार बिहान भएको पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री शर्माले स्थानीय तह निर्वाचन तीन चरणमा गर्ने निर्णयसँगै असन्तुष्ट सबै दल चुनावमा सहभागी हुने दाबी गरे। 

‘निर्वाचन बहिष्कार खारेजीको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पनि एकीकृत जनक्रान्तिको ‘भेष्ट’ लगाएर चुनावमा सहभागी भए। राजपाले पनि केही ठाउँमा भाग लियो’, उनले भने, ‘त्यसैले अव चुनाव खारेजीको माग नैतिक रूपमा असफल भइसक्यो।’ 

गृहमन्त्री शर्माले सरकार मंसिरसम्म तीनै तहको निर्वाचन गर्ने तयारीमा रहेको बताए।

फरक प्रसंगमा शर्माले दाङको तुलसीपुर सुरक्षित भएको दाबी गरे। ‘एक\दुई घटना हुँदैमा कुनै पनि ठाउँ असुरक्षित छ भन्न हुँदैन’, उनले भने, ‘तुलसीपुर बस्नका लागि असुरक्षित छ भनेर भ्रम नफैलाउन र नागरिकलाई आतंकित पार्नेगरी समाचार सम्प्रेषण नगर्न पत्रकारलाई आग्रह गर्छु।’

उनले देवीप्रसाद धिताल र रत्नबहादुर अोलीको हत्या तथा राजकुमार श्रेष्ठ बेपत्ता भएको घटनामा सुक्ष्म अनुसन्धान भइरहेको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.