|

उर्लाबारी : मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत फेला परेका छन्। रङ्गेली नगरपालिका–९ वनकोलस्थित रंगेली–दोहमना भित्री सडक किनारमा  अाइतबार राति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका हुन्। 

अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका विषयमा अनुसन्धान सुरु गरिएको इप्रका रंगेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए। 

यस्तै गएराति नै मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने जंगललमा पहिचान नखुलेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छिन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.