|

दमक : निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेकपा 'विप्लव' का एक नेता झापाबाट पक्राउ परेका छन्।

नेकपाका स्थानीय  नेता सुमनसिंह पौड्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई निर्वाचनविरोधी गतिविधि गरेको अवस्थामा बिर्तामोडस्थित चारपानेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले जानकारी दिए।

पौड्यालले झापाका विभिन्न स्थानमा निर्वाचनविरोधी पर्चा टाँस्दै हिँडेको प्रहरीले जनाएको छ। यसअघि पनि पार्टीका चार कार्यकर्ता निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.