|

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान भएको तेल ट्याङ्कर दुर्घटनाका मृतकको संख्या १ सय ५३ पुगेको छ।

४० हजार लिटर तेल बोकेको ट्यांकर पल्टिएर पोखिएको तेल संकलन गर्ने स्थनीयको मृत्यु भएको हो। ट्यांकर कराचीबाट लाहोर गइरहेको थियो। दुर्घटनामा परेर १ सय जना घाइते भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै डनले लेखेको छ।

पञ्जाव प्रान्तमा रहेको भवलपुर भिक्टोरिया अस्पतालका डाक्टर अरुन्जेबका अनुसार ५० जना गम्भीर घाइते अस्पताल भर्ना  गरिएका थिए जसमध्ये अधिकांशको शरीरको ठूलो हिस्सा जलेको छ।

उद्दारकर्तामाध्येका एक उच्च अधिकारीले मृतकको संख्या बढ्नसक्ने बताएका छन्। घाइतेहरुमध्ये अधिकांशको शरीरको ठूलो हिस्सा जलेकोले मृतकको संख्या बढ्ने सम्भावना रहेको उनले बताए।

ट्यांकर पल्टिएपछि सयौंको संख्यामा स्थानीयहरु तेल उठाउन जम्मा भएका थिए। तेल उठाउँदै गर्दा अकस्मात उक्त तेलमा नै आगो लागेको थियो। आगो लागेपछि नागरिकमा भागाभाग मच्चिए पनि उनीहरु सबैजना एकैपटक भाग्न सकेका थिएनन्।

सडकमा ट्याङ्कर दुर्घटना नै भएर हो या किन पल्टियो भन्ने बारेमा भने केही बताइएको छैन। तेल पोखिएर संकलन गर्दैगर्दा उपस्थितमध्येका एकले चुरोट सल्काएरपछि आगो लागेको बताइएको छ। यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा ७५ वटा मोटरसाइकल र ६ वटा गाडी पनि जलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.