|

काठमाडौं : एनआईसी एशिया बैंकको १०८ औं शाखा सुनसरी जिल्ला स्थित दुहवीमा सोमबार उद्घाटन भएको छ। दुहवी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरी र दुहवी उद्योग वाणिज्य  संघका अध्यक्ष उमेश गोस्वामीले बैंकको शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो। बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.