|

कन्चनपुर : आजदेखि कञ्‍चनपुर जिल्लाका भारतसँग सिमा जोडिएका नाका शिल गरिएको छ। दोस्रो चरणको निर्वाचनको अब मात्र दुई दिन बाँकी रहँदा पूर्व निर्णय अनुसार कंचनपुर जिल्लासँग जोडिएका गड्डाचौकी नाका र बेलौरीको खजुरिया नाका नेपाल भारत दुबै पक्षले कढाईका साथ बन्द गरेका छन्। 

यस क्षेत्रमा संयुक्त सुरक्षा गस्ती समेत भइरहेको छ। जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरले दिएको जानकारी अनुसार आज बिहान पाँच बजेदेखि नाका शिल गरिएको हो। अब नाका १४ गते बेलुकी पाँच बजेपछि मात्र खुल्ने प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए। 

सिमा नाका शिल गरिएको बारे थाहा नपाएर  नेपाल आउने मजदुर, यात्रुहरु सिमा बजार वनबसमा रोकिएका छन्। सिमा सिलबन्दी गरेको अवस्थामा विमारी वोकेका आकस्मिक सेवाका एम्बुुलेन्सबाहेक अन्य सम्पूर्ण सवारीका साधनहरूलाई आवागमनमा पूर्ण बन्देज लगाइएको छ। 

सिमा क्षेत्रमा सुरक्षा चेकजाँचलाई थप कडाई गर्न र अपराधिक गतिविधिमा सुक्ष्म रूपमा निगरानी गर्न नेपाल र भारतका सिमा क्षेत्रमा दुबै देशका सुरक्षा फौजको संयुक्त सुरक्षा गस्ति संचालन गरिएको छ।

दोस्रो चरण अन्र्तगत १४ गते हुन गक्ष्हेको निर्वाचनलाई शान्ति पुर्ण तवरले सम्पन्न गर्नका लागि पूर्व निर्णय अनुसार यसो गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताए। सिमा नजिक बस्ने सर्वसाधारण स्थानीय बासिन्दालाई भयभित नहुन प्रमुख जिल्ला अधिकारीले आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.