|

विराटनगर : पूर्वका विभिन्न ठाउँमा उम्मेदवारको घरमा बम राखेका घटना सार्वजनिक भइरहेका बेला राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनका लागि सुरक्षा व्यवस्था सन्तोषजनक रहेको बताएको छ। 

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय टोलीले एक नम्बर प्रदेशका जिल्लाहरुमा पुगेर गरेको अनुगमन अनुसार निर्वाचनको लागि सुरक्षा व्यवस्था सन्तोषजनक छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक नम्बर प्रदेशमा शान्ति सुरक्षा भरपर्दो रहेको कारण निर्धक्क भएर मतदान गर्न मतदातालाई आव्हान गरे। 

सदस्य पाठकको नेतृत्वमा उपनिर्देशक कोषराज न्यौपानेसहितको टोलीले एक नम्बर प्रदेशको जिल्लाको अनुगमन गरेपछिको अवस्था आयोगले सार्वजनिक गरेको हो। आयोगले चुनाव बहिस्कार गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो उपस्थिती देखाउन गरेका छिटपुट बम बिस्फोटका घटनाबाहेक ठूलो घटना अहिलेसम्म नभएको आयोगले जनाएको छ। 

राष्ट्रिय मानवअधिकार आयोगका अनुसार केही दिनको अवधिमा प्रहरीले चुनाव बहिस्कार गर्ने र बिथोल्ने प्रयास गर्ने  ७० देखि ८० जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई नियन्त्रण गरेको छ। आयोगले ७२ घण्टाको मौन अवधिमा राजनैतिक दललाई आचारसंहिता पालन गरिदिन आग्रह गरेका छन्। मौन अवधिमा चुनाव प्रसार गर्दाको थकानलाई आराम गरेर उम्मेदवार र मतदाताहरुलाई मतदान गर्न सदस्य आयोगका सदस्य पाठकले सुझाव दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.