४३ सय शसस्त्र प्रहरी र झन्डै १ हजार राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन

|

रुपन्देही : निर्वाचनमा लुम्बिनी अञ्चलका अति संवेदनशील र संवेदनशील क्षेत्रको सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा व्यवस्था लागू गरेको छ। सुरक्षाका लागि बिस्फोटक पदार्थ पहिचान गर्ने ‘ट्यागर डग’ परिचालन गरिएको छ।

बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले लुम्बिनी अञ्चलका ३ सय ४६ मतदान स्थललाई अतिसंवेदनशील र २ सय ४५ स्थललाई संवेदनशील रुपमा राखिएको बताए।

निर्वाचनको विरोधमा रहेका नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ र राष्ट्रिय जनता पार्टीका गतिविधिलाई प्रहरीले नजिकबाट नियालिरहेको छ। त्यस्तै वर्षात्का कारण निर्वाचनमा चुनौती थपिएको प्रहरीको भनाइ छ। 

सुरक्षा तथा मौसमको संवेदनशिलालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा १५ हजार म्यादी सहितका प्रहरी परिचालन गरिएको पुडासैनीले बताए। प्रत्येक मतदान स्थलमा २३ जना कर्मचारी खटाएको प्रहरीले हरेक जिल्लामा एक तह बढुवाको अनुगमन अधिकृत पठाएको छ।

मतदानअघि, मतदान हुँदै गर्दा र मतदान सकिएपछिको तीन सुरक्षा रणनीति बनाइएको छ। ती तिनै रणनीतिमा चार सुरक्षा संस्थाहरु संलग्न हुनेछन्। 
निर्वाचन सुरक्षाका लागि डेढगुना बढी सुरक्षाकर्मी परिचालन भएका छन्।

मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन प्रहरी नायब महानिरीक्षक पुडासैनीले आग्रह गरे। अनुसन्धानका कर्मचारीहरु हरेक मतदान स्थलमा पुग्ने बताइएको छ।

शसस्त्र प्रहरीले लुम्बिनीका छ जिल्लाका लागि ४ हजार २ सय १२ जन सुरक्षाकर्मी परिचालन गरेको छ। शसस्त्र प्रहरीका नायब महानिरीक्षक सुबोध कुमार अधिकारीले निर्वाचन सुरक्षाका लागि तीन वटा सुरक्षा टोली शसस्त्रले तयार गरेको जानकारी दिए।

९३ स्ट्राइकिङ, १ सय ४३ मोबाइल र १२ वटा विपद् सुरक्षा टोली परिचालन हुने उनले जानकारी दिए। निवार्चन बिथोल्न सक्ने आशंकामा प्रहरीले लुम्बिनी अञ्चलबाट ८६ जना विप्लवका कार्यकर्ता पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये १४ जनालाई मुद्दा चलाइएको प्रहरीले जानकारी दियो। लुम्बिनीका ६ जिल्लामा ९ सय १० मतदान स्थल रहेका छन्। १ उपमहानगर, २१ नगर र ३९ गाउँपालिकाबाट २ हजार ९ सय २२ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

निर्वाचनमा १३ हजार २ सय ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यस अञ्चलमा १४ लाख २ हजार मतदाता  छन्। राष्ट्रिय अनुसन्धानका निमित्त अनुसन्धान निर्देशक कुलदेव थापाले प्रत्येतक मतदान स्थलमा आफ्नो कर्मचारी खट्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.