|

इलाम : इलाम नगरपालिकाका दुई स्थानमा दुई सवारीसाधनमा आगजनी भएको छ। इलाम नगरपालिका–१ पुवाखोला र इलाम नगरपालिका–१० गोदकमा सवारीसाधनमा आगजनी भएको हो। 

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मेचीराजमार्गको पुवाखोलामा ना २ ख ७८३२ नम्बरको ट्रक र गोदकमा बा १० च ८१९४ नम्बरको महिन्दा पिकअपमा आगजनी भएको हो। झापाबाट निर्माण सामग्री लिएर ताप्लेजुङ जाँदै गरेको ट्रकमा  मंगलबार बिहान अन्दाजी ३ बजेर २० मिनेटमा ट्रकमा आगजनी भएको हो। 

अज्ञात समूहको आगजनीबाट ट्रक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यस्तै मेचीराजमार्गको गोदक सडक खण्डमा बिहान ३ बजेर ५० मिनेटेको समयमा दैनिक उपभोग्य सामग्री लिएर इलाम जाँदै गरेको पिकअपमा आगजनी हुँदा सामान्य क्षति पुगेको छ।

घटनाको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय इलाम र मंगलबारे इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.