|

काठमाडौं : कैलालीमा आफैंले बोकेको बम विस्फोट हुँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका- ४ कैलालीपुल नजिकै गएराति आफैँले बोकेको बम विस्फोट हुँदा गम्भीर घाइते भएका २९ वर्षीय चन्द्र सिंह 'सनराइज'को उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो।

धनगढी- १२ जुगेडा निवासी सिंह नेकपा कैलालीका जिल्ला सदस्य हुन्।

यता नेकपाले भने शंकास्पद वस्तु देखेपछि पन्छाउन खोज्दा विस्फोट भएको जनाएको छ। 'पार्टी कामको शिलशिलामा साथीहरूसँग भेटघाट गरी घर फर्कने क्रममा धनगढीको जिएच एण्ड सन्स होटेलको आँगनमा शंकास्पद वस्तु देखेपछि त्यसलाई उठाएर होटेलपछाडिको नालामा फाल्न जाँदा अचानक विस्फोट भै घाइते हुनुभएका कम्रेड सनराइजको उपचारका क्रममा मध्यरातमा मृत्यु भयो,' नेकपाका पोलिटब्यूरो सदस्य एवम् सेती-महाकाली ब्यूरो कमाण्डर ओमप्रकाश पुनले भने।

स्थानीय निर्वाचनको विरोधमा रहेको नेकपाका कार्यकर्ताले विभिन्न स्थानमा बम राख्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.