|

काठमाडौं : सरकारले ट्राफिक जरिवानाबाट ट्राफिक प्रहरीले पाउने १५ प्रतिशत कमिसनको व्यवस्था हटाएको छ। सवारी नियम उलंघन गरे वापत सवारी चालकलाई जरिवाना गर्दा चालकले तिरेको रकमको १५ प्रतिशत रकम सिधै ट्राफिक प्रहरीले पाउने व्यवस्था हटाइएको हो। मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्री जनार्दन शर्माले ट्राफिकले पाउने कमिसनको व्यवस्था हटाइएको जानकारी गराएका हुन्।

'ट्राफिक प्रहरीले हाल पाइरहेको जरिबानाको १५ प्रतिशत कमिसनको व्यवस्था हटाइनेछ' उनले भने ' त्यसको सट्टामा प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ।' ट्राफिक प्रहरीले कमिसनको लोभमा सवारी नियम उलंघन नगरेका सवारी चालकलाई पनि कारबाही गर्ने गरेको गुनासो आउने गरेको थियो। गृह मन्त्री शर्माले ट्राफिक प्रहरीको स्वास्थ्यको क्षेत्रमा आवश्यक व्यवस्था गर्ने पनि बताएका छन्।

काठमाडौंको सडकमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती, सीसी टीभी जडान र फुटपाथ व्यवस्थापन जस्ता काम गर्नुपर्ने भन्दै गृह मन्त्री शर्माले त्यसका लागि काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतको संयोजकत्वमा समिति गठन गर्ने बताए।

गृह मन्त्री शर्माले असार १४ गते हुने निर्वाचनका लागि सुरक्षाको सबै प्रक्रिया पूरा भएको जानकारी दिए। उनले आवश्यक सुरक्षाको व्यवस्था गरिएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्। ' सबै क्षेत्रमा सुरक्षाको आवश्यक व्यवस्था गरिएको छ। निर्धक्कसँग मतदान गर्न म अनुरोध गर्छु' उनले भने 'आशा र विश्वास गरौं भोलि मौसमले पनि साथ दिनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • तलव भत्ता खाएकै भरमा आफ्नो कर्तब्य सम्झी ट्राफिक नियम उलंघन गर्ने लाई उचित कारवाही गर्नु पर्ने सुरक्षा कर्मी लाई कारवाही मा परेका संग असुल्ने जरिवाना रकम को १५% दिने भए पछि सवारी साधन चलाउने लाई बढी से बढी कारवाही त गर्नेनै भयो / अनि त्यसो गर्दा क्षम्य भुल गरेका वा निर्दोष लाई सुद्ध कारवाही गर्ने भयो / अतः यो कारवाही गर्दा को १५% जरिवाना ट्राफिक प्रहरी लाई नदिने निर्णय सकारात्मक छ /