|

चितवन : चितवनको नारायणगढ मुग्लिन सडक अन्तर्गत ईच्छाकामना गाउँपालिका ६ टोपेखोला नजिकै मंगलबार दिउँसो फेरि पहिरो खस्दा सडक अबरुद्ध भएको छ।

पहिरोका कारण सडक अनुगमन गर्न आएको संसदको विकास समितिको टोली समेत रोकिएको छ। समितिका सभापति रवीन्द्र अधिकारी सहितको टोली सडकको अवस्था अनुगमन गर्दै चितवनको भरतपुरमा आएर अन्तर्क्रिया गर्ने कार्यक्रम रहेपनि सडकमा पहिरो खसेपछि टोली रोकिएको हो।

दिउँसो करिब १ बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। टोली सबै यही पहिरोमा अड्किएको नारायणगढ मुग्लिन सडक आयोजनाका ईन्जिनियर शिव खनालले बताए। पहिरो खसेको ठाउँ कालिखोलाबाट नजिकै रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको छ। मुग्लिन नारायणगढ सडकखण्डको अनुगमनमा आएको संसदको विकास समितिका टोली समेत पहिरोमा रोकिएको छ। यसअघि आज विहान पनि साँढे ७ बजेदेखि साँढे ८ बजेसम्म पहिरो खसेर बाटो बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.