|

काठमाडौ‌ : गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्। गृहमन्त्री शर्माले निर्धक्क भएर मतदानमा सहभागी हुन पनि सबैमा पुनः अपिल गरे। 

बुधबार प्रदेश नम्बर १, ७ र ७ नम्बर अन्तर्गतका ३ सय ३४ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ। गृहमन्त्री शर्माले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गरिएको बताए। उनले सुरक्षा निकाय अन्तर्गतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना समेत परिचालन गरिएको जानकारी दिए।

अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वटा घेरा बनाई निर्वाचनको सुरक्षा व्यवस्था गरेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.