|

उदयपुरमा : भोलि हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

जिल्लामा कायम ९८ मतदान केन्द्रका २ सय २२ वटा मतदानस्थलहरुमा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको र सबै कार्यक्षेत्रमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। 

जिल्लाका ९८ मतदानस्थलमध्ये ७ वटा अति संवेदनशील, ४८ वटा संवेदनशील र ४३ वटा सामान्य रहेको जानकारी पराजुलीले जानकारी दिए। उनका अनुसार निर्वाचनमा सुरक्षाको सबै अंग परिचालन गरिएको छ।

सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको उनले बताए। उदयपुरमा उम्मेदवारी मनोनयनका क्रममा एक दलित महिला सदस्य निर्विरोध भइसकेकाले ३ सय ९० पदका लागि १ हजार ५ सय ८२ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले जानकारी दिए।

निर्वाचनका लागि १ हजार ३ सय ३० कर्मचारी, ३ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। वर्षाको मौसम भएकाले बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने तालिका भए पनि लामो वर्षा नभएमा २ घण्टासम्मको अविरल वर्षा भए पनि सो समयमा रोकी पुनः मतदान गराउने योजना निर्वाचन कार्यालयको रहेको छ।

साँझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गराएकालाई रातिसम्म पनि मतदान गर्न दिइने बताइएको छ। आसन्न निर्वाचनमा उदयपुरमा १ लाख ७५ हजार ४ सय ६९ मतदाताले मताधिकार प्रयोग गर्ने भएका छन्। मतदाता परिचय पत्र धमाधम वितरण भइरहेको छ । ७० प्रतिशत मतदाताले परिचयपत्र पाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.