रुकुम : असार १० गते रुकुमको सानीभेरी नदिमा नुहाउँदा बगेका सिस्ने गाउपालिका ३ पोखरा रुकुमका ३५ वर्षीय दल बहादुर खड्कको शव फेला परेको छ।
जिल्लाको गाराघाटस्थित सानीभेरी नदी किनारमा आज बिहान माछा मार्न गएका स्थानीयहरुले शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ।
उनको शव नदी किनारमा भेटिएको हो। बगेको दिनदेखि स्थानीयहरुले खोजी कार्य जारी राखेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।