|

इलाम : मौन समयमा आचारसहिंता विपरीत चुनावी अभियान गरेको भन्दै एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले संसदिय दलका उप–नेता सुवास नेम्वाङ विरुद्ध मुख्य निर्वाचनको कार्यालय इलाममा उजूरी परेको छ। इलामका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले खनाल र नेम्वाङ विरुद्ध उजूरी परेको पुष्टि गरे। 

इलाम नगरपालिकामा कांग्रेसबाट प्रमुखको उम्मेदवार रहेका हिमालय कर्माचार्यले उनीहरु विरुद्ध उजूरी गरेका हुन्। उनीहरुमाथि मौन अवधिमा विभिन्न वडामा भएका कार्यक्रममा भाषण गर्दै एमालेको पक्षमा भोट मागेको आरोप छ। 

इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुन्य समयमा नेता तथा कार्यकर्ताले भोट मागेको पुष्टि भएमा उनीहरुलाई कारबाही गरिने बताए। ‘नेता ज्यूहरुले आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। यस विषयमा छानविन हुनेछ,’ उनले भने,‘ शुन्य अवधिमा यस्ता कार्य गरेर उम्मेदवार निर्वाचित भएको पुष्टी भयो भने उसको पद खारेज हुनेछ।’

निर्वाचन अनुगमनका लागि पूर्वमा रहेका राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदिप पाठकले दलहरुले मौन समयमा यस्ता गतिविधि गर्दा चुनाव प्रभावित हुने प्रतिक्रिया दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.