|

इटहरी : दोस्रो चरणको निर्वाचनमा मतदान गर्ने केही घण्टा मात्र बाँकी रहदा इटहरीमा पूर्व सांसदथि आक्रमण भएको छ। पूर्व सांसद् तथा नेपाली सेनाका पूर्व जर्नेल कुमार फुदुङमाथि स्थानीयले कुटपीट गरेका हुन्। उनी पहिलाे संविधानसभा निर्वाचनमा माओवादीबाट सभासद् थिए। 

आइतबार साँझ आफ्नो घरको पोखरीमा मृत भेटिएकी महिलाको विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आक्रोशित स्थानीयको भीडले पूर्व जर्नेल फुदुङमाथि आक्रमण गरेको हो। 

इटहरी–४ स्थित उनको घरमाट मृत अवस्थामा २९–३० वर्षिया रञ्जु ठकुरीको लाश फेला परेको थियो। त्यसपछि आक्रोसित व्यक्तिहरुले मंगलबार दिउँसो इटहरी ४ मा रहेको फुदुङको घरमा नै गएर कुटपीट गरेका हुन्।

प्रहरीले दुई दिनसम्म फुदुङलाई पक्राउ नगरेको भन्दै स्थानीय आफैले उनको घरमा जबर्जस्ती पसेर फुदुङलाई नियन्त्रणमा लिएर दुव्र्यव्यवहार गरेका थिए। 
स्थानीयको कुटाइबाट घाइते भएका फुदुङको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिए। 

उनका अनुसार आक्रोशित व्यक्तिहरुले सडकमा उत्रिएर टायर बालेर नारावाजी समेत गरे। उनीहरुलाई सम्झाएर पठाउने काम भइरहेको प्रहरीले बताएको छ। माओवादीबाट पहिलो संविधान सभाको सदस्य समेत रहेको पूर्व सांसद फुदुङको घरलाई प्रहरीले सुरक्षा दिइरहेको प्रहरी नायब उपरीक्षक धितालले थाहा खबरलाई बताए।

इटहरी–४ मा ठूलो क्षेत्रफलमा फैलिएको बगैंचाभित्र फुदुङको घर छ। उक्त ठाउँमा पहिला मनशान्त रिसोर्ट सञ्चालनमा थियो। सो समयमा काम गर्ने रञ्जु ठकुरी मृत अवस्थामा भेटिएकी थिइन्। स्थानीयले रञ्जु ठकुरीको मृत्यु हत्या भएको भन्दै विरोध सुरु गरेका छन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.