|

लहान : सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका १ मा  मंगलबार अपरान्ह आफ्नै पतिले खुकुरी प्रहार गरी श्रीमतीको  हत्या गरेका छन्। घरायसी विवादमा मंगलबार अपरान्ह ३ बजेतिर भगवानपुर गाउँपालिका १ बस्ने अन्दाजी ३५ वर्षीय बालकृष्ण यादवले खुकुरी प्रहार गरी श्रीमती अन्दाजी वर्ष २७ की रामकला यादवको हत्या गरेका हुन्।

घरायसी विषयमा विवाद बढेपछि आक्रोशित हुँदै बालकृष्णले घरभित्रबाट खुकुरी झिकी घाँटीमा प्रहार गर्दा रामकलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए। श्रीमतीको हत्या गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले लहानस्थित इलाका प्रहरी कार्यालयमा ल्याएको छ। 

श्रीमतीको हत्या गर्ने बालकृष्ण लागूऔषध मुद्दामा जेल सजाय भुक्तान गरी केही दिनअघि मात्र छुटेको गाउँलेहरु बताउँछन्। तीन सन्तानका रामकला र बालकृष्णको करिब ९ वर्षअघि विवाह भएको बताइएको छ। 

रामकलाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याईएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.