|

जनकपुरधाम : संविधान संशोधनको माग राख्दै आएका राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा प्रदेश नम्बर २ मा मसाल जुलुस निकालेको छ।

प्रदेश नम्बर २ बाहेक प्रदेश नम्बर १, ५ र ७ मा भोली निर्वाचन हुँदैछ। प्रदेश ३,४ र ६ मा यसअघि नै निर्वाचन भइसकेको छ। 

भोली मधेस बन्द 

संविधान संशोधन बिना नै हुन लागेको निर्वाचनको विरोधमा भोली मधेसका जिल्लामा राजपा नेपालले बन्द आव्हान गरेको छ। अधिकार प्राप्तिको आन्दोलनमा पटक पटक सरकारले कागजी सम्झौता गरेपनि ती सम्झौताहरुलाई कार्यान्वयनको पाटोमा नलगी स्थानीय निर्वाचन गराएको हुनाले बन्द आव्हान गरेको राजपाले जनाएको छ। 

बन्दको पूर्व सन्ध्यामा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले प्रदेश नम्बर २ अन्तर्गत धनुषाको जनकपुरस्थित रामचोकबाट मसाल जुलुस निकाल्दै सोनारपट्टी, शिवचोक, भानुचोकसहितका क्षेत्रको परिक्रमा गरेका थिए। उनीहरुले मधेशको माग संविधानमा स्पष्टसँग उल्लेख नभएसम्म आफुहरु निर्वाचनमा भाग नलिने जनाएका छन्। 

राजपा धनुषाको संयोजक परेश्वर साहको संयोजकत्वमा निस्केको मसाल जुलुसमा राजपाका केन्द्रीय नेताहरु हातमा मसाल बोकेर सहभागी भएका थिए। निर्वाचनको पूर्व सन्ध्यामा राजपाले प्रदेश नम्बर २ सहित अन्य प्रदेशअन्तर्गतका तराइका जिल्लामा पनि मसाल जुलुस निकालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.