|

काठमाडौं : आज असार १४। दोस्रो चरणको स्थानीय निर्वाचनको मतदानको दिन। तीनवटा प्रदेशका ३३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि चयन गर्न मतदान हुँदैछ। सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुनेछ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा मतादान हुन लागेको हो। ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ। कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन्।

पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो। दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.