|

बुटवल : रुपन्देहीको बुटबल उपमहानगरपालिकामा रातिदेखि परेको पानीका कारण विहान मतदान सुरु गर्न ढिलाइ भएको छ। रातिदेखि सुरु भएको वर्षा विहान पनि नरोकिएपछि निर्धारित ७ बजे मतदान सुरु हुन सकेको छैन। बिहान ७ बजेतिर वर्षा रोकिए पनि मतदान स्थल हिलो भएका कारण केही ढिलो हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख होमनाथ गौतमले जानकारी दिए।

बुटबल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालय मतदान केन्द्रमा मतदान स्थल हिलाम्य भएका कारण मतदान सुरु गर्न ढिलाइ गरिएको छ। यो मतदान केन्द्रमा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र बुटबल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले मतदान गर्दैछन्। दुबै जनाले विहान मतदानस्थलको अवलोकन गरेका थिए।

मतदान सुरु हुने आशामा मतदाताहरु भने विहान ६ बजेदेखि नै आएका छन्। उनीहरु छाता ओढेर लाइन लागे पनि मतदान सुरु हुन सकेको छैन।  

हेर्नुस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.