|

दोलखा : भीमेश्वर नगरपालिका–९ लाँकुरीडाँडास्थित कुत्कुते डाँडागाउँमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन्। मृतक शान्ति थामीको शव भेटिएको प्रहरीले जनाएको छ।

राति करिब साढे १ बजे पहिरो जाँदा कुत्कुते डाँडागाउँका मंगले थामीकी श्रीमती सन्तोषी थामी,  छोरी रोशनी थामी र लाटी थामी पुरिएका हुन्। बस्ती माथिबाट ठूलो पहिरो खसेको र घर समेत बगाएका कारण उनीहरुलाई जीवितै फेला पार्ने सम्भावना कम रहेको प्रहरी निरीक्षक प्रेम केसीले जानकारी दिए। 

पहिरो खस्दा उनीहरु सबै घरमा सुतिरहेका थिए। श्रीमती र दुई छोरी पुरिए पनि पहिरो जाने बेला शौचालय गएका कारण मंगले बाँच्न सफल भएका छन्। ५ जना सदस्य रहेको उनको परिवारमा तीन जना पुरिए पनि उनीसहित दुई जना बाँच्न सफल भएका छन् । मंगलेका छोरा कामको सिलसिलामा काठमाडौंमा छन् । 

पहिरोका कारण कुत्कुते डाँडागाउँ बस्तीका करिव १५ घरपरिवार उच्च जोखिममा रहेका छन्। घटनाको खबर लगत्तै खरिढुंगा प्रहरी चौकीबाट ३१ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.