|
उदयपुरमा मतदान गर्न लामवद्ध मतदाताहरु। फोटो : विदुर कटुवाल

काठमाडौं : दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार प्रदेश नम्बर १, ५ र ७ मा मतदान सुरु भएको छ। विहान ७ बजेदेखि धेरैजसो मतदान केन्द्रमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

प्युठानको स्वर्गद्वारी नगरपालिकाको जनता प्रावि मतदान केन्द्रमा भने नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप भएपछि मतदान सुरु हुन सकेको छैन। दुई पक्षबीच झडपका कारण मतदान सुरु हुन नसकेपछि सर्वदलीय छलफल सुरु भएको आयोगले जनाएको छ।

त्यस्तै वर्षाका कारण कतिपय स्थानीय तहको मतदान प्रभावित भएको डोटी, कैलाली, कञ्चनपुर र नवलपरासी बाहेकका जिल्लामा वर्षाले मतदान प्रभावित पारेको आयोगले जानकारी दिएको छ। मंगलबार राति सबैभन्दा धेरै दाङमा पानी परेको छ। दाङका केही स्थानमा मतदानमा ढिलाइ भएको आयोगले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.