|

वीरगञ्ज : राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पर्साका वीरगञ्जलगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। आन्दोलनकारीले बिहानैदेखि विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। 

प्रदर्शनकारीहरूले घण्टाघर, माइस्थान, मुर्ली, बसपार्क, नगवा, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। बन्दका कारण विद्यालय नखुल्दा पठनपाठन अवरुद्ध भएको छ।

संविधान संशोधन, जनसंख्याको आधारमा स्थानीय निकायको संख्या थप्नुपर्ने लगायत माग राख्दै राजपाले पटकपटक बन्द\हडताल गर्दै आएका कारण यहाँका विद्यार्थीको पठन पाठनमा अवरोध उत्पन्न भएको हो । बन्दका कारण बजार, उद्योग कलकारखानासमेत खुलेका छैनन्। 

प्रदेश नम्वर १, ५ र ७ मा आज जारी निर्वाचन बिथोल्न भन्दै राजपाले बन्द आह्वान गरेको हो । निर्वाचन नहुने प्रदेश २ मा समेत राजपाले बन्द गरेको भन्दै सर्वसाधारण आक्रोशित भएका छन्। बन्दका कारण ठूला सवारी साधन नचले पनि मोटरसाइकल, रिक्सा, टाँगा भने चलेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.