|

सप्तरी : नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्त पक्राउ परेकाछन्। घटनामा संलग्न रहेका अभियुक्त  १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिमा १ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि जेल चलान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । राजविराज/छिन्नमस्ता सडकखण्डमा चेकजाँचका क्रममा अन टेस्ट मोटरसाइकल चढेर जाँदै गरेका शर्मालाई प्रहरीको विशेष टोलीले जेठ १३ गते हतियार र जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चासहित पक्राउ गरेको थियो ।

यस्तै  नसिरलाई मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र सोमा प्रयोग हुने दुई राउन्ड गोली तथा पाँचसय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको थियो । राजविराज नगरपालिका ८ स्थित नापी कार्यालयमा गत वैशाख २९ गते उनीहरुले प्रेसरकुकर बम विस्फोट गराएको प्रहरीको भनाइ छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.