|

काठमाडौं : बाजुरा र दार्चुलाको एक एक वटा मतदान केन्द्रमा मतदान सकिएको छ। बाजुराको हिमाली गाउँपालिका १ गुम्बागाउँ मतदान केन्द्रमा बिहान ११ बजे नै मतगणना सकिएको हो।

त्यस्तै दार्चुलाको मार्मा गाउँपालिका ४ बार्कुको दुर्गेश्वरी प्रावि पनि दिउँसो साढे ११ बजे मतदान सकिएको हो। बाजुराको गुम्बागाउँ मतदान केन्द्रमा तीस मतदाता रहेकोमा २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए।

दुई जना भने गाउँबाहिर रहेकाले मतदान गर्नबाट वञ्चित भएका छन्। त्यस्तै दार्चुलाको दुर्गेश्वरी प्राविमा १ सय ९० जना मतदाता रहेकोमा १ सय ६५ जनाले मतदान गरेका छन्। अन्य मतदाता गाउँमा नै नभएकाले मतदान सकिएको स्थानीय अंवीरसिंह महराले बताए। मतदान सकिए पनि निर्वाचन टोलीले मतदान बन्द भने गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.