|
माओवादी नेता गिरिराजमणि पोखरेल मतदान गर्दै। फोटो : सन्तोष पनेरु

विराटनगर : दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङ जिल्लाको विभिन्न मतदान केन्द्रबाट विभिन्न दलका केन्द्रीयस्तरका नेताले बुधबार मतदान गरेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले विराटनगर–२ स्थित जनता मावि शङ्करपुर मतदान केन्द्रबाट मतदान गरेका छन्, अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगर– १ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले विराटनगर– ३ स्थित पुसेट क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला विराटनगर–११ स्थित जनपथ माविको मतदान केन्द्रबाट मतदान गरेकी छन्।

त्यसैगरी, नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट र सोही मतदान केन्द्रबाट नेपाली कांग्रेस मोरङका पूर्व सभापति एवम् सांसद अमृत अर्यालले मतदान गरेका छन्।

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व शिक्षा तथा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बिराटनगर महानगरपालिका ५ को आधारभूत विद्यालय कोचाखाल मतदान केन्द्रमा मतदान गरेका छन्। माओवादी केन्द्रका सांसद शिवकुमार मण्डलले सुनवर्षी नगरपालिकाबाट मतदान गरेका छन्।

यस्तै, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.