काठमाडौँ : नवलपरासीको दक्षिणी क्षेत्रको सरावल गाउँपालिकाको जनता मावि केन्द्रमा जम्मा २ मत मात्रै खसेको छ । ५ सय ५० मतदाता रहेको केन्द्रमा जम्मा २ मत मात्रै खसेको हो । स्थानीय तहको पुनर्संचनाको विरोध गर्दै आएका मतदाताले मतदान बहिष्कार गरेको जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए । उनीहरुले आफ्नो गाउँपालिकालाई प्रदेश नम्बर ४ तर्फ राख्नुपर्ने माग गर्दै आएका थिए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।