|

रुकुम : बुधबार दोस्रो चरणको निर्वाचन अन्तर्गत पूर्वी रुकुमका ३ गाउँपालिकामा शान्तिपूर्ण रुपले मतदान भएको छ। जिल्लाको सिस्ने, भुमे, र पुथा उत्तरगंगा गाउँपालिकामा ३८ मतदान केन्द्रमा बिहान सात बजे देखि नै मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

दिउँसो २ बजेसम्म ३ वटै गाउँपालिकामा गरी ५५ प्रतिशत मत खसेको छ। ३ गाउँपालिकामा गरी जम्मा २४ हजार ४ सय ८१ मतदाता रहेकोमा करिब १४ हजार मत खसेको छ। मंगलबार रातभर रुकुममा भारी वर्षा भएपछि बिहानदेखि भने घाम लागिरहेको छ। सेनाको हवाई गस्ती दुर्गम क्षेत्र र सुरक्षा संवेदनशीलतालाई हेरेर पूर्वी रुकुमको सुरक्षा व्यवस्था कडा पारिएको छ।

त्यस क्षेत्रमा बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत हवाई गस्ती समेत गरिएको छ। हेलिकप्टर मार्फत ३ गाउँपालिकाका बिभिन्न मतदान केन्द्रको अवस्थाबारे अवलोकन गरिरहेको छ। प्रहरीका अनुसार ५ सय बढी सुरक्षाकर्मी त्यस क्षेत्रमा परिचालन गरिएको छ।

मतदान केन्द्रको सुरक्षा संवेदनशीलतालाई हेरेर १२ देखि २० जनासम्म सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। त्यसका साथै २ सय बढी नेपाली सेना समेत परिचालित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.