|

नवलपरासी : नवलपरासीमा मृत्यु भइसकेको मान्छेको नाममा भोट हाल्न गएका एक युवक पक्राउ परेका छन्। सुनवल नगरपालिका ४ को महलपोखरीका श्यामबहादुर बाह्रघरेले मृत्यु भइसकेका मान्छेको नाममा भोट हाल्न जाँदा पक्राउ परेका हुन्। श्यामबहादुर स्थानीय देवकोटा मावि मतदान केन्द्रमा आफ्नै नाम भएको तर मृत्यु भइसकेका व्यक्तिको नाममा भोट हाल्न गएका थिए।

मतदानस्थलमा खटिएका कर्मचारीले हेर्दा फोटो फरक परेपछि प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका श्यामबहादुरको भने मतदाता नामावलीमा नाम नै नभएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए। पक्राउ परेका श्यामबहादुरलाई सुनवल इलाका प्रहरी कार्यालयमा राखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.