|

दमक : झापाको दमक नगरपालिका वडा नम्बर १० नलवाडीका स्थानीयवासी आफ्नो ज्यान जोखिममा राखेर मतदानमा सहभागी भएका छन्। मंगलबार रातिदेखि लगातार परेको पानीले मावा खोलामा बाढी आउँदा उनीहरूले ज्यान जोखिममा राखेर मतदानस्थलसम्म जानुपरेको हो।

नलवाडी मावा खेलाबाट पश्चिम उर्लाबरी नगरपालिकासँग जोडिएको ठाउँ हो। नलवाडीवासीहरू आफ्नो दैनिकीका लागि सधै मोरङको उर्लाबारीमै भर पर्छन्। उनीहरू बुधबार मावा खोला पूर्वमा रहेको पशुपति आधारभूत विद्यालयको मतदान केन्द्रमा मत खसाल्न पुगे। उनीहरुले आफूले मत हालेको प्रतिनिधिले आफूहरुको समस्या चाडै समाधान गर्ने र मावा खोलामा पुल हाल्ने आशा गरेका छन्।

'हामीलाई कति दुख छ देखिहाल्नुभयो, अब भोट हाल्न आउँदा पुल बनोस्, अलि सुविधा होस्', खोलो तरेर भोट हाल्न आएका नलवाडीका एक मतदाताले भने।

अरु बेला उनीहरू मोरङको उर्लाबारी हुँदै दमक आउने गर्थे। आज भने उर्लाबारीतर्फ सवारी नचले पछि एक घण्टा पैदल यात्रा गरेर उनीहरू भोट हाल्न आएका हुन्। यस क्षेत्रबाट जितेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सम्म आफ्नो ठाउँको विकास नगरेको भन्दै गुनासो गरेका छन्। नलवाडीबाट करिब ५ सय घरपरिवारका ७ सय मतदाता मत खसाल्न पशुपति आधारभूत विद्यालयको मतदान केन्द्रमा आएका छन्। ज्यानकै बाजी राखेर भोट हाल्न यसरी आए नलबाडीका वासिन्दा, फोटोहरू

हेर्नुस् भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.