|

काठमाडौँ : प्यूठानमा १ सय २ वर्षीया वृद्धाले मतदान गरेकीछिन् । अहिलेसम्म भएका सबै निर्वाचनमा सहभागीता जनाउँदै आएकी गौमुखी गाउँपालीका ३ की द्रौपती मल्लले मतदान गरेकीहुन् । मतदाकेन्द्र सम्म उनका नाती जोगिन्द्र मल्लले बोकेर ल्याएका थिए ।

मतदानपछि मल्लले अहिलेसम्म कुनै पनि निर्वाचनमा भोट हाल्न नछुटाएको र यसपाली गाउँमै सरकार बनाउन भोट हाल्ने रहन पुरा भएको बताइन् । ' गाउँमै सरकार बनाउन भोट हाल्न पाइयो रहर पुरा भयो,'  मल्ले भनिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.