|

गुल्मी : स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। जिल्लामा रहेका १२ वटा स्थानिय तहमा उत्साहपूर्वक मतदाताहरु उपस्थित भइ मतदान गरिरहेका छन्। मतदान स्थलमा पुगेका मतदाताहरुले मतदिएर फर्किदै गर्दा जस्ले जिते पनि घरदैलोमा सरकार ल्याएको प्रतिक्रिया दिएका छन्।

मत दिएर फर्किदै गर्दा इस्मा गाउँपालिका गुल्मीकी ७२ वर्षीय सेमकली नेपालीले भनिन् ‘हामीले घरदैलोमा सरकार आउँछ भन्ने सुनेका थियौ मत दियौ जसले जिते पनि घर दैलोमै सरकार ल्यायौं।’ मतदान स्थलबाट फर्किएका अधिकांश मतदाताहरुको एउटै स्वर थियो हामीले घर दैलोमा सरकार आयो।  जिल्लामा १ सय ३८ केन्द्रका २ सय ४० मतदानस्थल रहेका छन्।

जिल्लाका सबै मतदान स्थलहरुमा उत्साहपूर्वक नै मतदाताहरु उपस्थित भइ मतदान गरिरहेको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए। जिल्लाका कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना घटेको छैन।

बिहानी समयमा केही ठाउँमा सामान्य पानी परेपनि दिउँसोको समयमा भने घाम लागिरहेको छ। पानी पर्ने देखिएपछि मतदान स्थलहरुमा त्रिपालको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.