|

दमक : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुरबाट दिउँसो ३ बजे मतदान गरेका छन्। झापा क्षेत्र नम्बर ३ का सांसद् सिटौलाले भद्रपुर १० स्थित कलवलगुरी प्रावि मतदान स्थलबाट मतदान गरेका हुन्। 

क्रम संख्या ३४१ रहेको सिटौलाले सो मतदान स्थलको (क) मतदान केन्द्रबाट आफ्नो धर्मपत्नी कवितासँगै मतदान गरेका थिए। मतदानपछि उनले उनले दोस्रो चरणको निर्वाचनको सफलताले नेपाली जनताको जित भएको प्रतिक्रिया दिए।

नेपालमा पहिलो पटक संघीय राज्य व्यवस्थापन अन्तर्गत निर्वाचन भएका उनले बताए। उनले दोस्रो चरणको निर्वाचन भइसकेकोले अब असोज २ गते तेस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.