|

रोल्पा : रोल्पा नगरपालिका १० धबाङको भनभने मतदान केन्द्रमा मतपेटिकामा एसिड खसालेको आरोपमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन्। एसिड राखेको मतपत्र भेटिएको आधारमा नेकपाका कार्यकर्ता वीरे ओली पक्राउ परेका हुन्। बिहान साढे ९ बजे मतपेटिकामा धुँवा उड्न शुरु भएपछि मतदान कार्य स्थगित गरिएको थियो।

सदरमुकाम लिबाङदेखि करिब ५ घण्टाको पैदल दुरीमा रहेको भनभनेको मतदान केन्द्रमा मतपेटिकाभित्र आगलागी भएपछि उक्त मतपेटिका शिल गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।

सुरक्षाकर्मी र निर्वाचनको टोली र सर्वदलीय सर्वपक्षीयको छलफल पश्चात दिउसोबाट पुन: मतदान शुरु भएको निर्वाचन कार्यालय रोल्पाका प्रमुख लिलु गिरीले बताइन्। एसिड हाल्ने आरोपमा पक्राउ परेका ओलीलाई भने निगरानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.