|

रुपन्देही : दोस्रो चरणको निर्वाचनको दिन बुधबार बिहानैदेखि धेरै ठाउँमा मुसलधारे पानी पर्‍यो । पानीका कारण कतिपय तहमा मतदान सुरु गर्नेबारे अन्योल भयो। ‘मतदान शुरु गरेपछि फेरि वर्षा भएर समस्या पार्छ कि भन्‍ने चिन्ता थियो,’ निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतम भन्छन्।

तर मतदाताको उत्साह घटेन बरु वर्षाकै बीचमा वैकल्पिक व्यवस्था गरेर मतदान सुरु गराउनुपर्ने माग गरे मतदाताले।
बुटवलको वडा  नं. ८ सडक डिभिजन कार्यालय केन्द्रमा त मतदाता र निर्वाचन आयोगका कर्मचारीबीच भनाभन नै भयो। बीस बर्षपछि आफ्नै गाउँ नगरमा सरकार चुन्‍ने जनताको चाहना आखिर पुरा भयो। 
के वृद्ध, के अशक्त, सबैले मतदान केन्द्रमा आएर मतदान गरे। लठ्ठी टेकेर, काँधमा बोकिएर पनि मतदाता भोट हाल्न आए। रुपन्देही ओमसतियाका चन्द्र हलुवाई भतिजको काँधमा बोकिएर मतदान केन्द्र पुगेर मतदान गरे। १ सय वर्ष पूरा गरेका उनले भतिजकै सहयोगमा ओमसतिया ४ को दशरथ जनता माध्यमिक विद्यालयबाट मतदान गरे। दुधे बच्चा बोकेरै मतदान केन्द्र पुग्नेको संख्या पनि ठूलो थियो। 

हेर्नुस् फोटो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.