|

  • मिलन विश्वकर्मा-

पाल्पा: पाल्पामा मत खसाल्ने क्रममा दुई जनाको मृत्यु भएको छ।  

मृत्यु हुनेमा वगनासकाली गाउँपालिका- ६ यम्घाका ८५ वर्षका पूर्णचन्द्र भट्टराई र वडा नं. १ चिर्तुङधाराकी ६३ वर्षकी कृष्णकुमारी कुमाल रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जानकारी दिए।

६३ वर्षकी धर्मपत्नी हरिकलाको साथमा मत खसाल्न लाइनमा बसेका भट्टराईको बुधबार बिहान ८ बजे मृत्यु भएको हो। दमको रोगले ग्रस्त वृद्ध भट्टराईलाई एक्कासि हिक्कहिक्क भएको थियो। केही समयमै मतदान स्थल अरनिको आधारभूत विद्यालयको प्रांगणमा उनको मृत्यु भएको स्थानीय देवीप्रसाद वस्यालले बताए।

यस्तै, कुमालको मत खसालेर बाहिर निस्कने क्रममा हृदयाघातका कारण मृत्यु भएको स्थानीय कमल पाण्डेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.