|

काठमाडौ‌ : दोस्रो चरणको निर्वाचनका दिन बझाङ, कञ्चनपुर, दाङ, इलाम र रोलपा जिल्लामा झडप तथा बम बिस्फोटका घटना घटेका छन्। बझाङको चैतपुर नगरपालिका पडेँसको मतदान केन्द्रमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो।

जेष्ठ नागरिकले चाहेमा प्रतिनिधि पठाएर मतदान गर्न पाउने वा नपाउने भन्‍ने विषयमा विवाद हुँदा झडप भएको निर्वाचन आयोगले जानकारी दिएको छ। यता कञ्चपुरको भीमदत्त नगरपालिका ४ भृकुटी मावि नजिक बम बिष्फोट भएको थियो।

विष्फोटबाट विद्यादलयको भवनमा समान्य क्षति भयो।  दाङको तुलसीपुर उपमहानगरपालिका ३ को मतदानकेन्द्रमा पनि सुतली बम विष्फोट भएको जानकारी प्रहरीले दिएको छ।

इलामको इलाम नगरपालिका ७ स्थित आदर्श आधारभूत विद्यालयमा पनि बम विष्फोट भएको थियो। जसका कारण केहीबेर मतदान समेत स्थगित भयो। मतदानका क्रममा मृत्यु मतदानका क्रममा केही जेष्ठ मतदाताको पनि मृत्यु भयो।

लाइनमा बसेका पाल्पामा २ जना र झापामा १ जना जेष्ठ नागरिकको मृत्यु भएको हो। पाल्पा बगनासकाली गाउँपालिका ६ का ८५ वर्षीया पूर्णचन्द्र भट्टराई र वडा नम्बर १ चिर्तुङधारीकी ६३ वर्षिया कृष्णकुमारी कुमालको लाइनमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जानकारी दिए।

यता झापामा दमक नगरपालिका १० का ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको एसपी शैलेस थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.