|

प्यूठान : प्यूठानमा किरियापुत्री पनि भोट हाल्न मतदान केन्द्र पुगेका छन्। बुबाको किरियामा बसेका किरियापुत्रीस्थानीय तहको निर्वाचनमा भोट हाल्न पुगेका हुन्। 

स्वर्गद्वारी क्याम्पसको क मतदान केन्द्रमा प्यूठान नगरपालिका ७ पुण्यखोलाका टुकबहादुर थापाको परिवार १५ मिनेट हिडेरै मतदान गर्न आएका हुन्। आफ्ना बाबु भुपालसिंह थापाको मृत्यु भएको ९ औं दिनमा भएको बताउने थापाले आफू सहित परिवारलाई लिएर आएका हुन्।

आफ्ना भाइ विदेश भएका कारण अन्य परिवारमा किरियामै बसेका अविवाहित बहिनीहरु झुम्का थापा, बुहारी र पत्नी माया थापा, कमला थापा सहित आफू मतदान गर्न आएको बताए। दुई मतदान केन्द्र रहेको स्वर्गद्वारी क्याम्पसमा १ हजार ९ सय ४३ जना मतदाता रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.